Kathmandu Press

लामिछानेको मानवअधिकार हनन् गरिएको भन्दै आयोगमा उजुरी

प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखरा लैजाने क्रममा मानवअधिकार हनन् गरिएको दाबीसहित रास्वपाले उजुरी दिएको हो। 
लामिछानेको मानवअधिकार हनन् गरिएको भन्दै आयोगमा उजुरी

काठमाडौं, मंसिर २३ : सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानवअधिकार हनन् गरिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ। 

प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखरा लैजाने क्रममा मानवअधिकार हनन् गरिएको दाबीसहित रास्वपाले उजुरी दिएको हो। 

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेको थियो। बयानका लागि चितवनबाट पोखरा लैजाने क्रममा मानव अधिकार हनन् गरिएको दाबी उजुरमा छ। 

उजुरीमा लामिछानेलाई मंसिर १९ गते राती सुतिरहेको बेला अचानक उठाई मध्य रातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पु¥याइएको उजुरीमा उल्लेख छ। सरकारको प्रत्यक्ष निर्देशनमा राती पोखरा लगिएको आरोप समेत उजुरीमा लगाइएको छ। 

प्रकाशित मिति: १५:२१ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्