Kathmandu Press

कोशीका पूर्व मन्त्री अधिकारीविरुद्धको विवादमा सुनुवाई सकियो 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिट निवेदनलाई प्रशासनिक तबरबाट दरपिठ गर्दै दर्ता इन्कार गरिएपछि अर्को निवेदन पेश भएको थियो। उक्त निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाई सकिएको छ। 
कोशीका पूर्व मन्त्री अधिकारीविरुद्धको विवादमा सुनुवाई सकियो 

काठमाडौं, मंसिर २३ : कोसी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने गरी भएको एक विवादमा रिट दर्ता गर्न इन्कार गरिएपछि सर्वोच्च अदालतमा पेश भएको निवेदनमाथि सुनुवाई सकिएको छ। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिट निवेदनलाई प्रशासनिक तबरबाट दरपिठ गर्दै दर्ता इन्कार गरिएपछि अर्को निवेदन पेश भएको थियो। उक्त निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाई सकिएको छ। 

Hardik ivf

मानव तश्करी विवादमा मुछिएका अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेपछि अधिकारी थुनामुक्त भएका थिए । गत मंसिर १० गते जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको थियो। उक्त निर्णय बदरको माग राख्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए। 

सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले मुद्दा चलाउने वा नचलाउने अधिकार महान्यायाधिवक्ताले जिल्ला सरकारी वकिललाई प्रत्यायोजन गरेको भन्दै त्यसविरुद्ध रिट दर्ता गर्न नमिल्ने बताउँदै दरपिठ गरिदिएका थिए। 

उक्त दरपिठ आदेशविरुद्ध त्रिपाठीले दिएको निवेदनमा सुनुवार्ए सकिएर आदेश आउने तयारीमा छ । जिल्ला सरकारी वकिल कार्यालयको निर्णय बदर गरी अधिकारीलाई अनुसन्धानको दायरामा ल्याउन निवेदनमा माग गरिएको छ। 

सर्वोच्चको आदेश अनुसार दरपिठ सदर भए रिटको प्रक्रिया समाप्त हुने छ भने बदर हुँदा सुनुवाईको बाटो खुल्ने छ।

प्रकाशित मिति: १४:५० बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्