Kathmandu Press

ग्यास बुलेटका चालक र सहचालक खोजीमा गोताखोर परिचालन  

आइतबार विहान चितवनबाट काठमाडौँ आउँदै गरेको एनएल–०२ एल–३९०७ नम्बरको भारतीय ग्यास बुलेट अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो। 
ग्यास बुलेटका चालक र सहचालक खोजीमा गोताखोर परिचालन  

चितवन, मंसिर २३ : कृष्णभीरबाट त्रिशूली नदीमा ग्यास बुलेट खस्दा बेपत्ता भएका चालक र सहचालकको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ। 

आइतबार विहान चितवनबाट काठमाडौँ आउँदै गरेको एनएल–०२ एल–३९०७ नम्बरको भारतीय ग्यास बुलेट अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो। 

Hardik ivf

ग्यास बुलेटका चालक भारतको बरुनी निवासी अन्दाजी ४५ वर्षीय पंकज कुमार र सहचालक बेपत्ता छन्। 

अहिले चालक र सहचालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी परिचालन गरिएको छ। 

नायब उपरीक्षक अश्विनकुमार गुरुङको नेतृत्वमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको हो। 
 
प्रकाशित मिति: १४:२३ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्