Kathmandu Press

धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ। यद्यपि घाइते कोही पनि भेटिएको छैन। अहिले चालक र सहचालकको खोजी भइरहेको छ। 
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

धादिङ, मंसिर २३ : चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ। 

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो। बुलेट सडकबाट तल खसेको छ।

Hardik ivf

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ। यद्यपि घाइते कोही पनि भेटिएको छैन। अहिले चालक र सहचालकको खोजी भइरहेको छ। 

सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ 

सो क्षेत्र नजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको छ। 

प्रकाशित मिति: १३:२७ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्