Kathmandu Press

प्रधानमन्त्री ओली गृहजिल्ला झापा पुगे

मेचीनगर नगरपालिका–४ मा १९औं शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन कार्यक्रममा छ। 
प्रधानमन्त्री ओली गृहजिल्ला झापा पुगे

झापा, मंसिर २३ : प्रधानमन्त्री केपी ओली गृहजिल्ला झापा आएका छन्। 

विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आएका प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरेका थिए।

Hardik ivf

उनले आजै मेचीनगर नगरपालिका–४ मा १९औं शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन कार्यक्रममा छ। 

व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुने कार्यक्रम छ। 

प्रकाशित मिति: १३:०५ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्