Kathmandu Press

सुनचाँदीको मूल्य घट्यो

यसअघि तोलामा एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो।
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, मंसिर २२ : साताको पहिलो कारोवार दिन नेपाली बजारमा अइतबार सुनको मूल्य घटेको छ। 

यसअघि तोलामा एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। यसअघि प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको  ।
 

प्रकाशित मिति: १२:३४ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्