Kathmandu Press

एनपीएल : आजको पहिलो खेलमा जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

आइतबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र लुम्बिनी बीच प्रतिस्पर्धा हुने छ । जनकपुरले लगातार तीन जित निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ । 
एनपीएल : आजको पहिलो खेलमा जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै
Hardik ivf

काठमाडौं, मंसिर २३ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने छ ।

आइतबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र लुम्बिनी बीच प्रतिस्पर्धा हुने छ । जनकपुरले लगातार तीन जित निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ । 

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । सुदूरपश्चिम ६ अंकसहितशीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, मंसिर २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्