Kathmandu Press

गायक छन्त्यालको पञ्चेबाजा गीत  ‘बाग्लुङ बुर्तीवाङमा’ 

सार्बजनिक गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ भने गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन् । त्यस्तै गीतमा सुर्य खड्काको लय, कुमार थापाको एरेन्ज, रेकर्ड, मिक्सिङ रहेको छ ।
गायक छन्त्यालको पञ्चेबाजा गीत  ‘बाग्लुङ बुर्तीवाङमा’ 

काठमाडौं, मंसिर २३ : लोक तथा दोहोरी गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङमा’ बोलको गीत सार्बजनिक गरेका छन् । 

सार्बजनिक गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ भने गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन् । त्यस्तै गीतमा सुर्य खड्काको लय, कुमार थापाको एरेन्ज, रेकर्ड, मिक्सिङ रहेको छ । गीतलाई सुजन म्युजिकल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । 

Hardik ivf

भिडियोलाई शिवान पोखरेलले निर्देशन गरेका छन । भिडियोमा शिबान पोखरेल, अस्मिता राना, सारिका के सी, निर्मल क्षेत्री, उषा सुवेदी, गृवान बानिया, कुल बहादुर ओलि, भिम के सि लगायतको अभिनय रहेको छ । भिडियोलाई गायक युवराज छन्त्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

प्रवासमा रहेर पनि दर्जनौं हिट गीत मार्फत दर्शक श्रोताको माया बटुलिसकेका गायक छन्त्याल यस भिडियोबाट पनि उस्तै माया पाउने विश्वास राखेको बताएका छन् । 

प्रकाशित मिति: ०८:१९ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्