Kathmandu Press

‘राजनीतिक स्थिरता र सुशासनका निम्ति वर्तमान समीकरण बनेको हो, चलिरहन्छ’

‘एमाले र कांग्रेसको गठबन्धन पूरा समयसम्म चल्छ, कांग्रेसले कुनै पनि अपठ्यारो हुने काम गर्ने छैन।’
‘राजनीतिक स्थिरता र सुशासनका निम्ति वर्तमान समीकरण बनेको हो, चलिरहन्छ’

मोरङ, मंसिर २२ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताएका छन्। 

कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’ को आज विराटनगरमा उद्घाटन गर्दै उनले सम्झौताअनुसार नै यो सरकार अगाडि बढ्ने स्पष्ट पारेका छन्। 

Hardik ivf

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट महत्त्वपूर्ण उलब्धि हासिल भएको चर्चा गर्दै उनले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिए। 

नेपालले ऋणको भार बढ्न नदिन विआरआई सम्झौताबाट विभित्र परियोजनाका लागि चीन सरकारबाट अनुदान पाएकोमा उल्लेख गरे। उनले भने, ‘एमाले र कांग्रेसको गठबन्धन पूरा समयसम्म चल्छ, कांग्रेसले कुनै पनि अपठ्यारो हुने काम गर्ने छैन।’

नेपाली ग्रामीण क्षेत्रमा पार्टीलाई बलियो बनाएमा मात्र कांग्रेस बलियो हुने बताउँदै सभापति देउवाले ग्रामीण क्षेत्र तथा स्थानीय तह बलियो भएमा मात्र कांग्रेसले विजय प्राप्त गर्न सक्ने उल्लेख गरे। उनले सम्मेलनमा पार्टीले महत्त्वपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे।

पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टी विधानअनुसार चल्नुपर्ने भन्दै यसका लागि स्थानीय तहसम्म व्यवस्थित प्रशिक्षण अभियान सञ्चालन हुने जानकारी दिए। 

उनले भर्खरै सम्पत्र भएको उपनिर्वाचनको परिणामअनुसार पार्टीका निम्ति सकारात्मक एवं उत्साह जनक भएको उल्लेख गर्दै संविधान संशोधनको अगुवाई पनि कांग्रेसले नै लिने बताए।

प्रकाशित मिति: १९:१० बजे, शनिबार, मंसिर २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्