Kathmandu Press

न्यायालयलाई गरिमामय बनाउने जिम्मेवारी सबैको हो : प्रधानन्यायधीश

‘तपाई हाम्रो अथक प्रयासमा न्यायालय लयमा फर्किएको छ। यसमा नै चित्त बुझाउने हो कि न्यायालयलाई थप गरिमामय पनि बनाउने हो । यो आफैं बन्न सक्दैन,’ उनले भने, ‘जिम्मेवारी हाम्रो काँधमा छ । हामी त्यसतर्फ अघि बढेका छौं कि छैनौं ध्यान दिनुपर्छ।’ 
न्यायालयलाई गरिमामय बनाउने जिम्मेवारी सबैको हो : प्रधानन्यायधीश

काठमाडौं, मंसिर २२ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयलाई गरिमामय बनाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताहरूको प्रमाणपत्र वितरण कार्यक्रममा उनले सबैको अथक प्रयासमा न्यायालय लयमा फर्किएको भन्दै यसलाई अझै गरिमामय बनाउनुपर्ने बताए।

Hardik ivf

‘तपाई हाम्रो अथक प्रयासमा न्यायालय लयमा फर्किएको छ। यसमा नै चित्त बुझाउने हो कि न्यायालयलाई थप गरिमामय पनि बनाउने हो । यो आफैं बन्न सक्दैन,’ उनले भने, ‘जिम्मेवारी हाम्रो काँधमा छ । हामी त्यसतर्फ अघि बढेका छौं कि छैनौं ध्यान दिनुपर्छ।’ 

कार्यक्रममा महान्यायाधिवक्ता एवं नेपाल बार एशोसिएशनका अध्यक्ष रमेश बडालले वरिष्ठ अधिवक्ताहरूले वरिष्ठको हैसियत कायम गर्न नसकेको बताए। 

‘वरिष्ठ अधिवक्ताहरूलाई कानूनले के भन्छ भने अर्ध न्यायिक निकायमा जान पाइँदैन भनेर भनेको छ । तर कानूनको परिचालन कति गरेका छौं। सर्वोच्च अदालतमा विचराधिन मुद्दाहरुमा कतिपय अर्धन्यायीक निकायबाट गरेका निर्णयहरुमा वरिष्ठ अधिवक्ताहरूले बहस गरेको उल्लेख भएर आउने गरेको छ,’ उनले भने, ‘वरिष्ठ अधिवक्ताहरूको नाम नै आएको हुन्छ । मलपोतमा गएको वा कुनै निकायमा गएको देखिन्छ । वरिष्ठहरूले वरिष्ठको हैसियत कायम गरेका छौ भनेर मान्न मिल्छ र? आफैंले उल्लघंन गरेको देखिन्छ।’

उनले एक्लै सबै ठाँउ जाने र सबै काम गर्ने मान्छे वरिष्ठको लागि योग्य नभएको भन्दै सबै कुराको अवस्था क्रमश अन्त्य गर्दै जानुपर्ने बताए। 
 
प्रकाशित मिति: १८:३९ बजे, शनिबार, मंसिर २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्