डिस्चार्ज भए राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज अपराह्न डिस्चार्ज भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले जानकारी दिएका छन्।
काठमाडौं, मंसिर २२ : राष्ट्रपति रामचन्द्र पौडेलअस्पतालबाट डिस्चार्ज भएका छन्।
राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज अपराह्न डिस्चार्ज भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले जानकारी दिएका छन्।
राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए। बुधबार नै उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो।
राष्ट्रपति पौडेलले आफ्नो उपचरमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरूप्रति आभार व्यक्त गरेका छन्।
प्रकाशित मिति: १७:०७ बजे, शनिबार, मंसिर २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार