Kathmandu Press

थ्रिलिङ म्याचमा विराटनगरमाथि कर्णालीको जित

लाे स्काेरिङ म्याचमा उत्कृष्ट बलिङ गरेको कर्णाली याक्सले विराटनगरमाथि ७ रनको रनको राेमाञ्चक जित निकाल्यो।
थ्रिलिङ म्याचमा विराटनगरमाथि कर्णालीको जित

काठमाडाैं, मंसिर २२ : नेपाल प्रिमियर लिगमा शनिबार ‘थ्रिलिङ म्याच’ भयो। विराटनगर किंग्स र कर्णाली याक्सबीचको लो स्कोरिङ म्याच निकै रोमाञ्चक रह्यो।

जसमा उत्कृष्ट बलिङ गरेको कर्णाली याक्सले विराटनगरमाथि ७ रनको रनको जित निकाल्यो। जारी प्रतियोगिताका कर्णालीको यो दोस्रो जित हो भने विराटनगरको तेस्रो हार।

पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १३४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले ८ विकेटको क्षतिमा १२६ रन मात्र बनाउन सक्यो।

Hardik ivf

विराटनगरका लागि निकोलस किर्टनले सर्वाधिक ४० रन बनाए। उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै, लोकेश बमले ९ बलमा १९ रन बनाउँदा दीपक बोहराले १३ बलमा १८ रन बनाए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकनन्।

लो स्कार पनि डिफेन्ड गर्ने क्रममा कर्णालीका नन्दन यादव र विपिन शर्माले उत्कृष्ट बलिङ गरे। नन्दनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए भने १५ वर्षीय स्पिनर विपिनले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए। यस्तै, युनिश ठकुरी, विलियम बसिस्टो र सोमपाल कामीले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले अन्तिम बलमा अलआउट हुँदै १३३ रन बनायो। उसले अन्तिम ओभरमा विना रन ४ विकेट गुमाएको थियो । 

कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधिक ६६ रन बनाए। उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै, देव खनालले पनि अर्धशतकीय पारी खेले। उनले ४८ बलमा ४ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए।

यी दुईले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। यी दुईले ९–२ को अवस्थाबाट कर्णालीलाई १११–२को अवस्थामा ल्याएका थिए। तर, १६औं ओभरको तेस्रो बलमा देव खनाल आउट भएपछि भने कर्णालीले लागतार विकेट गुमाएको थियो। त्यसपछि २२ रन जोड्दा उसले ७ विकेट गुमाएको थियो।

उसका आशा गरिएका ब्याट्सम्यानहरू शिखर धवन ५, चाड्विक वाल्टन १, गुल्सन झा शुन्य, अर्जुन घर्ती १ र जिसन मक्सुद २ रनमै पभेलियन फर्किए।

कर्णालीको इनिङ धरासयी बनाउने क्रममा विराटनगरका प्रतिश जिसीले ४ ओरभमा १७ रन मात्र खर्चेर ४ विकट लिए भने क्रिस सोल र बासिर अहमदले समान २ विकेट लिए। अकिब इलियासको नाममा १ विकेट रह्यो।

प्रकाशित मिति: १६:३१ बजे, शनिबार, मंसिर २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्