Kathmandu Press

राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइन्छ : अध्यक्ष दाहाल

‘अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई राष्ट्रिय समहतिबाटै टुंगोमा पुर्‍याउनुपर्छ,’ उनले भने।
राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइन्छ : अध्यक्ष दाहाल

काठमाडौं, मंसिर २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्‍याइएको बताएका छन्। 

एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले अन्तिम चरणमा पुगेको शान्तिप्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएको बताए।

Hardik ivf

‘अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई राष्ट्रिय समहतिबाटै टुंगोमा पुर्‍याउनुपर्छ,’ उनले भने।

एकता प्रक्रियामा जोडिएका शिक्षकलाई स्वागत गर्दै उनले यसले बृहत् एकताको बाटो फराकिलो बनाउने बताए। 

आफू प्रधानमन्त्री भएका बेला विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएको जानकारी दिँदै उनले यसलाई पारित गराउन फेरि एकपटक सबैले बल गर्नुपर्नेमा जोड दिए। 

‘विधेयक अझै पूर्ण नभएको भनी शिक्षक आन्दोलन भइहेको छ, शिक्षकका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्नुपर्छ,’ उलने भने। 

यो विधेयक पारित गराउन आफूले हरसम्भव प्रयत्नज गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, मंसिर २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्