Kathmandu Press

राष्ट्रपतिको स्वास्थ्य बुझ्न उपराष्ट्रपति यादव अस्पतालमा

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रोस्टेटको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका राष्ट्रपतिको स्वास्थ्यस्थितिबारे उनले आज अपराह्न उक्त अस्पताल पुगेर जानकारी लिएका हुन्।
राष्ट्रपतिको स्वास्थ्य बुझ्न उपराष्ट्रपति यादव अस्पतालमा

काठमाडौं, मंसिर २२ : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति रामसहायप्रसाद यादवले जानकारी लिएका छन्। 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रोस्टेटको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका राष्ट्रपतिको स्वास्थ्यस्थितिबारे उनले आज अपराह्न उक्त अस्पताल पुगेर जानकारी लिएका हुन्।

Hardik ivf

राष्ट्रपति पौडेल गत बुधबार बिहान उपचारार्थ अस्पताल भर्ना भएका थिए। 

शुक्रबार प्रधानमन्त्री केपी ओली अस्पताल पुगेर राष्ट्रिपति पौडेलको स्वास्थ्य अवस्था बुझेका थिए। 

प्रकाशित मिति: १५:५२ बजे, शनिबार, मंसिर २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्