Kathmandu Press

सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : डा. कोइराला

उनले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए। 
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : डा. कोइराला
फाइल तस्बिर।

चितवन, मंसिर २२ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।  

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए। 

Hardik ivf

‘नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर हुँदैन,’ उनले भने। नेता डा. कोइरालले वर्तमान सरकार परिवर्तन नहुने बताए।

सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा जोड दिँदै उनले बिआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताए।

प्रकाशित मिति: १५:२५ बजे, शनिबार, मंसिर २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्