Kathmandu Press

बीआरआइ सम्झौता कांग्रेससँगैको सहमति भएको हो : गृहमन्त्री 

‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बिआरआइ सम्बन्धि थप सम्झौता गरेको छ। यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो। यसमा अन्यथा सोच्न जरुरी छैन,’ उनले भने।
बीआरआइ सम्झौता कांग्रेससँगैको सहमति भएको हो : गृहमन्त्री 

मोरङ, मंसिर २२ : गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआइ सम्बन्धि थप सम्झौता कांग्रेससँगैको सहमति भएको बताएका छन्। 

नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआइ सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको बताएका हुन्। 

‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बिआरआइ सम्बन्धि थप सम्झौता गरेको छ। यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो। यसमा अन्यथा सोच्न जरुरी छैन,’ उनले भने।

Hardik ivf

गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिने आवश्यक रहेको भन्दै बीआरआइमा ऋण लिने कुरा नभएको बताए। 

‘कांग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ। अब यसको ठीक कार्यान्वयन लाग्नुपर्छ,’ उनले भने। 

यस्तै कांग्रेस र एमाले मिलेर बनेको राजनीति समीकरणको लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि रहेको उनले बताए। 

‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण कही मान्छेलाई मन्त्री बनाउन बनेको होइन,’ उनले भने, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ। देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो।’

संविधान संशोधनको विषय उठेको भन्दै संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउनका लागि संविधान संशोधन गरिने बताए।

संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भइसकेको उनको भनाइ छ। कांग्रेस र एमालेले सत्ता समीकरणलाई ८४ निर्वाचनसम्म पुराउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो। 

‘वर्तमान व्यवस्थामाथि आक्रमण हुँदैछ। यो संविधानमाथि आक्रमण हुँदैछ। यसलाई सुरक्षित गर्नु कांग्रेसको पहिलो दायित्व हो,’ उनले भने, ‘नेपाली कांग्रेस बलियो नभएर लोकतन्त्र र यो व्यवस्था बलियो हुँदैन। कोशी प्रदेशको प्रथम सम्मेलन बलियो, प्रभावकारी, नेतृत्वदायी कांग्रेस निर्माणमा कोसेढुंगा सावित हुनेछ।’

प्रकाशित मिति: १५:०६ बजे, शनिबार, मंसिर २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्