Kathmandu Press

चीनबाट फर्किएपछि झलनाथ खनालले भने– बीआरआई नेपालको हितमा छ, हस्ताक्षर अघि सरकारले नाटक देखायो 

उनले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भए पनि त्यसअघि सरकारले नाटक गरेको टिप्पणी गरे।
चीनबाट फर्किएपछि झलनाथ खनालले भने– बीआरआई नेपालको हितमा छ, हस्ताक्षर अघि सरकारले नाटक देखायो 

काठमाडौं, मंसिर २२ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन्। 

बेल्ट एण्ड रोड फोरममा सहभागी हुन चीन प्रस्थान गरेका उनी शनिबार स्वदेश फिर्ता भएका हुन्।

Hardik ivf

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुशी लागेको बताएका छन्। उनले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भए पनि त्यसअघि सरकारले नाटक गरेको टिप्पणी गरे।

‘बीआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले पर्याप्त ध्यान पु¥याउन सकेन। बीआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको छ,’ उनले भने, ‘छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन सक्दैन।’

उनले बीआरआई नेपालको हितमा रहेको बताए । खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेको भन्दै पारवहनका विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गरे। 
 

प्रकाशित मिति: १५:०० बजे, शनिबार, मंसिर २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्