Kathmandu Press

अन्तिम ओभरमा ४ विकेट लिएपछि कर्णाली १३३ रनमै अलआउट, विराटनगरलाई समान्य लक्ष्य

टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली याक्स अन्तिम ओभरमा कुनै रन नजोड्दै ४ विकेट गुमाएपछि ऊ १३३ रनमै सेमिटियो।
अन्तिम ओभरमा ४ विकेट लिएपछि कर्णाली १३३ रनमै अलआउट, विराटनगरलाई समान्य लक्ष्य

काठमाडाैं, मंसिर २२ : अन्तिम ओभरमा ४ विकेट लिएपछि विराटनगर किंगसले १३४ रनको सामान्य लक्ष्य पाएको छ। टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली याक्स अन्तिम ओभरमा कुनै रन नजोड्दै ४ विकेट गुमाएपछि ऊ १३३ रनमै सेमिटियो।

प्रतिश जिशीले अन्तिम ओभरमा जिशम मक्सुद, नन्दन यादव र विपिन शर्माले आउट गरे भने युनिस ठकुरी रनआउट भएका थिए।

Hardik ivf

कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधिक ६६ रन बनाए। उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै, देव खनालले पनि अर्धशतकीय पारी खेले। उनले ४८ बलमा ४ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए। 

यी दुईले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। उसका आशा गरिएका ब्याट्सम्यानहरू शिखर धवन ५, चाड्विक वाल्टन १, गुल्सन झा शुन्य, अर्जुन घर्ती १ र जिसन मक्सुद २ रनमै पभेलियन फर्किए। उसले अन्तिम ५ विकेट कुनै रन नजाेड्दै गुमाएकाे  थियाे।

कर्णालीको इनिङ धरासयी बनाउने क्रममा विराटनगरका प्रतिश जिसीले ४ ओरभमा १७ रन मात्र खर्चेर ४ विकट लिए भने क्रिस सोल र बासिर अहमदले समान २ विकेट लिए। अकिब इलियासको नाममा १ विकेट रह्यो।

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, मंसिर २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्