Kathmandu Press

‘हवाई दुर्घटना अनुसन्धान गर्ने स्थायी आयोग चाँडै गठन हुन्छ’

पछिल्लो समय तथ्य र तथ्याङ्क भन्दा पनि लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको जिकिर छ। 
‘हवाई दुर्घटना अनुसन्धान गर्ने स्थायी आयोग चाँडै गठन हुन्छ’

काठमाडौं, मंसिर २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन्। 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिएका हुन्। 

Hardik ivf

पछिल्लो समय तथ्य र तथ्याङ्क भन्दा पनि लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको जिकिर छ। 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा उनले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणको लागि कानूनी प्रक्रिया आगाडि बढेको बताए। 

मन्त्री पाण्डेले आयोग बनेपछि नेपाली आकाशमा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे। 

नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सहकार्य गर्न सकेपनि हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ। 

प्रकाशित मिति: १३:०३ बजे, शनिबार, मंसिर २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्