Kathmandu Press

पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले उम्मेदवारी दिएका हुन्।
पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

काठमाडौं, मंसिर २२ : मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्। 

सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले उम्मेदवारी दिएका हुन्।

Hardik ivf

गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् भने । यस्तै, शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन । विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदर दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चार जनाको उम्मेदवारी परेको छ। चौलागाईं चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन् भने पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन्।

म्हिला उपाध्यक्षमा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ। बराल प्रेस सेन्टर नेतृत्वको प्यानल र पण्डित चौतारी नेतृत्व प्यानलका उम्मेदवार हुन्। 

महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ, जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार छन्। 

५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १ सय ३३ जनाको उम्मेदवारी परेको छ। 

प्रकाशित मिति: ११:१२ बजे, शनिबार, मंसिर २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्