Kathmandu Press

परराष्ट्रमन्त्री राणा आज युरोप जाँदै

उनी अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 
परराष्ट्रमन्त्री राणा आज युरोप जाँदै

काठमाडौं, मंसिर २२ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार युरोप जाँदैछिन्।

उनी अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार मन्त्री राणाले सुरुमा नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्नेछिन्। डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्ने बताइएको छ। 

उक्त सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म नेदरल्यान्ड्सको हेगमा भइरहेको छ। सो कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जाने बताइएको छ।

उनले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र युरोपियन युनियन (ईयू)का उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी डिसेम्बर २० मा स्वदेश फर्कने कार्यक्रम तय भएको छ। 

प्रकाशित मिति: १०:४४ बजे, शनिबार, मंसिर २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्