Kathmandu Press

विद्यालयमा नृत्य गर्ने क्रममा बेहोस भएकी विद्यार्थीको मृत्यु

बेसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ।
विद्यालयमा नृत्य गर्ने क्रममा बेहोस भएकी विद्यार्थीको मृत्यु

लमजुङ, मंसिर २१ । बेसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ।

कक्षा ८ मा अध्ययनरत दोर्दी गाउँपालिका–८ को ओमबहादुर तामाङकी १४ वर्षीय छोरी बिन्ती तामाङको आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

Hardik ivf

जिल्ला प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आगामी पुस २४ गते प्याब्सनको कार्यक्रमको लागि विद्यालयमा नृत्य अभ्यास गर्ने क्रममा अचानक ढलेर बेहोस भएकी उनलाई लमजुङ अस्पतालमा उपचारको लागि ल्याइएको थियो।

 उनको उपचारको क्रममा मृत्यु भएको हो। मृत्युको कारण भने खुलिनसकेको प्रनाउ श्रीवास्तवले बताए।

प्रकाशित मिति: २०:१० बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्