Kathmandu Press

सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी भइरहेको छः प्रदीप ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताएका छन्।
सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी भइरहेको छः प्रदीप ज्ञवाली

म्याग्दी, मंसिर २१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताएका छन्।

प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले राजनीतिक सहमतिका आधारमा निर्माण भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगको पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।

Hardik ivf

'सिफारिस समितिले आयोगका पदाधिकारीको छनोट गरेर सूची सार्वजनिक गर्ने र आजभोलि नै आयोग गठन गर्ने सरकारको तयारी छ,' उनले भने, 'आयोग गठन भएपछि झण्डै दुई दशकदेखि थाँती रहेको शान्ति प्रक्रियाको बाँकी कामले पूर्णता, पीडितले न्याय र पीडकले सजाय पाउने छन्।'

नेता ज्ञवालीले सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि शक्तिशाली नियमनकारी निकायको गठन र बचत सुरक्षाका लागि कर्जा सुरक्षण कोष बनाउने तयारी सरकारले गरेको जानकारी दिए।

'सहकारी संस्थामा विकृति र बेतिथि मौलाएको महसुस गरेर नियमनकारी निकाय बनाउने तयारीसँगै र जोखिममा परेको बचतलाई फिर्ता गराउने काममा सरकारले प्राथमिकता दिएको छ,' उनले भने, 'सहकारीको बचत अपचलनमा जोडिएका जोसुकैलाई पनि सरकारले अनुसन्धानको दायरामा ल्याउँछ। दोषी देखिए कारबाही हुन्छ।'

कानुन कार्यान्वयन गर्ने निकायलाई स्वतन्त्र ढङ्गले काम गर्ने दिनुपर्ने बताउँदै उहाँले सडक र भीड जम्मा गरेर फैसला नहुने बताए। सरकारले विश्वका सबै देशहरुसँग सन्तुलित सम्बन्ध स्थापित गराउने प्रयास गरेको ज्ञवालीले बताए।

प्रधानमन्त्रीको यसै हप्ता भएको चीन भ्रमणले सात वर्षअघि भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौता कार्यान्वयनमा अघि बढेको बताए।

राजनीतिक अस्थिरता र अराजकताको अन्त्यका लागि कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको नेता ज्ञवालीले बताए।

प्रकाशित मिति: १९:४० बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्