Kathmandu Press

विवापञ्चमीको स्वयंम्बर कार्यक्रम सम्पन्न

जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज रङ्गभूमि मैदानमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ।
विवापञ्चमीको स्वयंम्बर कार्यक्रम सम्पन्न

महेन्द्रनगर, मंसिर २१ । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज रङ्गभूमि मैदानमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ।

जनकपुरधामको जानकी मन्दिरबाट बाजागाजासहित कडा सुरक्षाबीच निस्केको डोला रङ्गभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको डोलालाई तीनपटक परिक्रमा गरेर स्वयंम्बर सम्पन्न भएको हो।

Hardik ivf

साँझदेखि जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाहमण्डपमा मिथिला परम्पराअनुसार भगवान् श्रीराम तथा माता सीताको प्रतीकात्मक विवाह हुने कार्यक्रम रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए।

bibaha-panchami-1733492736.jpg
 

तत्कालीन मिथिलाका राजा जनकले गरेको प्रतिज्ञाअनुसार अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको थियो।

त्यसपछि मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको शुभ विवाह आजैको पावन तिथिमा माता सीतासँग सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सव आयोजना गर्ने चलन रहेको छ।

आज राति हुने सो वैवाहिक कार्यक्रममा महिलाहरू विवाहका गीतहरू गाउने गर्छन् ।

विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रूपमा आएका साधुसन्तलाई भोजन गराउँदै बिदाइ गरिन्छ।

प्रकाशित मिति: १९:३२ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्