Kathmandu Press

कांग्रेस बिपीको विचारमा हिँडेको छ : गृहमन्त्री लेखक

जनताको माया र स्नेहले कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ ।जनताको माया र स्नेह कांग्रेसले हमेसा बचाइराख्नुपर्छ’ उनले भने।
कांग्रेस बिपीको विचारमा हिँडेको छ : गृहमन्त्री लेखक

धरान, मंसिर २१ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस बिपीको विचारमा आधारित रहेको बताएका छन्।

शुक्रबार धरानमा लेखक तथा साहित्यकार गिरीराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्यक विचारहरु’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले कांग्रेस बिपीको विचारमा हिँडेको बताएका हुन्।

गृहमन्त्री लेखकले कांग्रेस बलियो भए लोकतन्त्रलाई बलियो हुने दाबी गरे।  ‘कांग्रेस आज सबैभन्दा ठूलो राजनीति दल हो । विगतको निर्वाचन होस् वा अहिलेको उपनिर्वाचनको सन्दर्भमा होस् । जनताको माया र स्नेहले कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ ।जनताको माया र स्नेह कांग्रेसले हमेसा बचाइराख्नुपर्छ’ उनले भने।

Hardik ivf

यस्तै कांग्रेस र एमाले मिलेर राजनीति समीकरण बनेको भन्दै यसको लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि  रहेको बताए।

‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण कही मान्छेलाई मन्त्री बनाउन बनेको होइन,’ उनले भने, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो।’

धरानको विकासका लागि मदन भण्डारी राजमार्ग र किमाथांकाको सडक बाइपास गरी अगाडि बढाउने निर्णय ७ वर्षअघि आफू भौतिक पूर्वाधार मन्त्री हुँदा भएको स्मरण गर्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

‘आज मदन भण्डारी राजमार्गको काम अगाडि बढेको छ । किमाथांकाको काम अगाडि बढेको छैन।  यसलाई सरकारले उच्च प्राथमिकता राखेको छ । धरानको विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने।

कार्यक्रम पत्रकारलाई सम्मान गरिएकोमा धन्यवाद दिँदै गृहमन्त्री लेखकले पत्रकारलाई सम्मान र पुरस्कार गर्न जरूरी रहेको बताए ।

‘प्रेस लोकतन्त्रको पहरेदार हो । हामीले संविधानमा पूर्ण स्वतन्त्रताको व्यवस्था गरेका छौँ । हामी सबैले प्रेस स्वतन्त्रता पूर्णरुपमा सम्मान गर्नुपर्छ,‘गृहमन्त्री लेखकले भने, ‘प्रेसको अधिकार हनन गर्नुहुँदैन । सरकारले प्रेस स्वतन्त्रताको ग्यारेन्टीको वातावरण बनाउँछ।’

प्रकाशित मिति: १८:५५ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्