Kathmandu Press

तुर्कमेनिस्तानमा सुरु भयो फुटबल लिग

काठमाडौं, वैशाख ८ : कोरोना भाइरसको महामारीका कारण अहिले आधा विश्व नै लकडाउनमा छ। अधिकांश मानिसहरू घरभित्रै सीमित बनेका छन्।

कोरोनाकै का....

तुर्कमेनिस्तानमा सुरु भयो फुटबल लिग

काठमाडौं, वैशाख ८ : कोरोना भाइरसको महामारीका कारण अहिले आधा विश्व नै लकडाउनमा छ। अधिकांश मानिसहरू घरभित्रै सीमित बनेका छन्।

कोरोनाकै कारण विश्व खेलकुद पनि ठप्प नै छ। अधिकांश फुटबल लिगहरु अनिश्चितकालका लागि स्थागित गरिएको छ भने यसै वर्षका लागि तय भएका केही ठूला प्रतियोगिताहरू एक वर्षपछि सारिएको छ। यही वर्षका अन्त्यतिरका लागि तय भएका केही प्रतियोगिताहरू हुने नहुने अन्योल नै छ। 

यही अन्योलताका बीच एसियाली मुलुक तुर्कमेनिस्तानमा भने शीर्ष डिभिजनको फुटबल लिग सुरु भएको छ। कोरोना भाइरसका कारण मार्च २४ मा स्थागित भएको लिग आइबारबाट सुरु भएको हो।

राजधानी अस्गावातस्थित अस्ताबात रंगशालामा आइतबार भएको खेलमा शीर्ष स्थानको अल्टिन असिर र कोपेतदाग भिडेको थिए। सो खेल १–१ गोलको बराबरीमा सकिएको थियो। खेल हेर्नका लागि ५ सयभन्दा बढी दर्शक रंगशालामा उपस्थित भएका थिए।

कोरोना भाइरस विश्वभर नै महामारीका रुपमा फैलिए पनि तुर्कमेनिस्तानमा भने अहिलेसम्म संक्रमण देखिएको छैन। सोही कारण त्यहाँको फुटबल संघले दर्शकसहित लिग सुरु गरेको हो। ८ टिम सहभागी लिग रोकिनुअघि तीन चरणका मात्र खेल भएका थिए। 

तुर्कमेनिस्तानसँगै बेलारुस र ताजिकिस्तानमा पनि लिग जारी रहेको छ। बेलारुसको महिला लिग भने अघिल्लो साता रोकिएको थियो। पुरुष लिग भने जारी छ।

प्रकाशित मिति: २०:१८ बजे, सोमबार, वैशाख ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्