Kathmandu Press

कतार जान लाग्दा विमानस्थलबाट पक्राउ परे सूर्यदर्शन सहकारी ठगीका आरोपी

उनी कतार जान लाग्दा विमानस्थलबाटै पक्राउ परेका हुन्।   
कतार जान लाग्दा विमानस्थलबाट पक्राउ परे सूर्यदर्शन सहकारी ठगीका आरोपी

काठमाडौं, मंसिर २१ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरूङ रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीले बताए।

Hardik ivf

डिआइजी कार्कीका अनुसार उनलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

उनी कतार जान लाग्दा विमानस्थलबाटै पक्राउ परेका हुन्।   

'गुरुङविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । कतार जान लाग्दा अध्यागमनले रोकेपछि हाम्रो टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो,' डिआइजी कार्कीले भने।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य पूर्वडिआइजी छबिलाल जोशी र कुमार रम्तेलसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।

लामिछाने, जोशी र रम्तेलमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

शुक्रबार पक्राउ परेका गुरूङलाई पनि प्रहरीले काठमाडौंबाट कास्की पठाएको छ।

प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्