Kathmandu Press

देउवाले बोलाए कांग्रेस कार्यसम्पादन समितिको बैठक

कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। 
देउवाले बोलाए कांग्रेस कार्यसम्पादन समितिको बैठक

ललितपुर, मंसिर २१ ।  कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। 

 मंसिर  २४ गते सोमबार बस्नेगरि सभापति देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। 

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेसले सूचना जारी गरेको छ।

प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्