Kathmandu Press

ट्रिपर दुर्घटनामा चालकको मृत्यु

मकवानपुरमा ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ।
ट्रिपर दुर्घटनामा चालकको मृत्यु
Hardik ivf

मकवानपुर, मंसिर २१ । मकवानपुरमा ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ झाक्रीडाँडा नजिक निर्माणाधिन तराई – काठमाडौं द्रुतमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्रावेल लोड लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खसेर दुर्घटना हँदा ट्रिपर चालक चितवन घर भएका ४२ वर्षिय सानु लो तामाङको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए।

प्रकाशित मिति: १७:०७ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्