Kathmandu Press

आन्द्रे गौसको शतकमा पोखराको पहिलो जित, बनायो कीर्तिमानै कीर्तिमान

शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा भएको दोस्रो खेलमा गौसको शतक मद्दतमा पोखराले लुम्बिनी लयान्समाथि १० विकेको ठूलो जित निकाल्यो। यसअघि पोखरा लागतार २ खेलमा पराजित भएको थियो।
आन्द्रे गौसको शतकमा पोखराको पहिलो जित, बनायो कीर्तिमानै कीर्तिमान

काठमाडाैं, मंसिर २१ : अमेरिकी ओपनिङ ब्याट्सम्यान आन्द्रो गौसले नेपाल प्रिमियर लिगमा पहिलो शतक प्रहार गरेपछि पोखरा एभेन्जर्सले प्रतियोगितामा पहिलो जित निकालेको छ। 

शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा भएको दोस्रो खेलमा गौसको शतक मद्दतमा पोखराले लुम्बिनी लयान्समाथि १० विकेको ठूलो जित निकाल्यो। यसअघि पोखरा लागतार २ खेलमा पराजित भएको थियो।

यता, लुम्बिनी भने लगातार दुई खेलमा ठूलो योगफल बनाएर पनि पराजित भयो। पहिलो खेलमा लुम्बिनी विराटनगर किंग्ससँग पराजित भएको थियो।

Hardik ivf

पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभर विना क्षति भेट्टायो। जारी प्रतियोगितामा रन चेज गरेर जितेको यो सबैभन्दा फराकिलो जित हो।

पोखराका लागि विस्फोटक ब्याटिङ गरेका गौसले नटआउट १०४ रन बनाए। उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गर्दै प्रतियोगिताको पहिलो शतक बनाए। त्यसअघि उनले २० बलमा अर्धशतक बनाउँदै प्रतियोगिताकै सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका थिए।

यस्तै, दिनेश खरेलले पनि अर्धशतक बनाए। उलने ४६ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे। गौस र दिनेशले १७० रनको साझेदारी गरे। यो प्रतियोगिताकै कुनैपनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो। 

यी दुई पावर प्लेमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि बनाए। यी दुई ८० रन प्रहार गरेका थिए। 

त्यअसघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले रोहितको उत्कृष्ट ब्याटिङ मद्दतमा ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनायो।

लुम्बिनीका लागि रोहितले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै ९५ रन बनाए। यस्तै, टम मोरेसले ३८ बलमा समान २ चौका र छक्का मद्दतमा ४५ रन बनाए। यी दुईले चौथो विकेटका लागि ११० रनको उत्कृष्ट साझेदारी गरे। 

त्यअसघि उसका दुवै ओपनरलाई शुन्य रनमा पभेलियन फर्किका थिए। सन्दीप जोराले १५ बलमा १८ रन बनाए। सन्दीप र रोहितले तेस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए। 

बलिङमा पोखराका बिपिन खत्रीले २ विकेट लिए भने अर्को विकेट म्याट क्रिच्लीको नाममा रह्यो।

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्