Kathmandu Press

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

आजै दिउँसो भारतबाट नेपाल आएका वाङचुक केही घण्टा नेपालमा बिताए भुटान फर्किएका छन्।
स्वदेश फिर्किए भुटानी राजा वाङचुक

काठमाडौं, मंसिर २१ : अनौपचारिक भ्रमणमा नेपाल आएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन्। 

आजै भारतबाट नेपाल आएका वाङचुक केही घण्टा नेपालमा बिताए भुटान फर्किएका छन्। उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी छिन्। 

Hardik ivf

भारत हुँदै नेपाल आएका वाङचुङ विमानस्थलबाट सिधै स्वयम्भूनाथ दर्शनका लागि पुगेका थिए। त्यहाँ उले कबिर ५० मिनेट बिताएका थिए। त्यसपछि उनी बौद्धनाथ पुगेर दर्शनसहित पूजाआजा गरेका थिए। 

उनी १९ सदस्यीय टोलीसहित भारतबाट नेपाल आएका थिए।

प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्