Kathmandu Press

संविधान संशोधन गरेर उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ : सभापति देउवा

विराटनगर विमानस्थलमा शुक्रबार दिउँसो पत्रकारहरुसँगको कुराकानीमा सभापति देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्न सकिने बताए । 
संविधान संशोधन गरेर उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ : सभापति देउवा

मोरङ, मंसिर २१ : नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलनमा सहभागी हुन विराटनगर पुगेका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन सकिने बताएका छन्। 

विराटनगर विमानस्थलमा शुक्रबार दिउँसो पत्रकारहरुसँगको कुराकानीमा सभापति देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्न सकिने बताए । 

Hardik ivf

‘अहिले उपराष्ट्रपतिको भूमिका छैन, संविधान संशोधन गरे। उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ कि भन्ने कुरा हो, छलफल भइरहेको छ,’ संविधान संशोधनको विषयमा पत्रकारको जिज्ञासामा देउवाले जवाफ दिए।

यस्तै, सभापति देउवााले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने बताए पनि बताए। पत्रकारले सोधेको ‘तपाईंको उत्तराधिकारी गगन थापा हो?’ भन्ने प्रश्नमा देउवाले उत्तराधिकारी घोषणा गरेर नहुने बताए। 

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्