Kathmandu Press

आन्द्रे गाैसले बनाए कीर्तिमानी अर्धशतक

उनले सातौं ओभरको दोस्रो बलमा सूर्च तामाङलाई छक्का हान्दै अर्धशतक बनाएका हुन्। उनले २० बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
आन्द्रे गाैसले बनाए कीर्तिमानी अर्धशतक

काठमाडाैं, मंसिर २१ : जारी नेपाल प्रिमियर लिगमा अमेरिक विकेटकिपर ब्याट्सम्यान आन्द्रे गाैसले कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्। 

पोखरा एभेन्जर्सका लागि गाैसले लुम्बिनी लायन्सविरुद्ध २० बलमा अर्धशतक बनाएका हुन्। उनले सातौं ओभरको दोस्रो बलमा सूर्च तामाङलाई छक्का हान्दै अर्धशतक बनाएका हुन्। उनले २० बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

Hardik ivf

योसँगै उनले एनपिएलको सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाए। यसअघि यो कीर्तिमान दीपेन्द्रसिंह ऐरीको नाममा थियो। उनले विरानगर किंग्सविरुद्ध २३ बलमा अर्धशतक बनाएका थिए।

गाैसको अर्धशतक मद्दतमा १७१ रनको लक्ष्य पछ्याएको पोखरा जिततर्फ अग्रसर भएको छ। ताजा अवस्थामा ७ ओभरको समापितमा पोखराले विनाक्षति ९३ रन बनाएको छ। 

यो पहिलो विकेटका लागि प्रतियोगिताक ठूलो साझेदारी हो। यस्तै, गाैस र दिनेश खरेलले पावरप्लेअमा ८० रन बनाए। यो पनि पावरप्लेमा बनेको ठूलो योगफल हो।

प्रकाशित मिति: १५:२६ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्