मवानपुरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु
दुर्घटनामा ट्रिपर चालक चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए।
मकवानपुर, मंसिर २१ : मकवानपुरमा ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ।
मकवानपुरको बकैया गाउँपालिका–५ झाक्रीडाँडा नजिक निर्माणाधिन तराई– काठमाडौं द्रुतमार्गमा ट्रिपर दुर्घटना भएको हो।
दुर्घटनामा ट्रिपर चालक चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए।
हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्रावेल लोड लिई जाँदै गरेको ना८ख २४३० नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडक बाट ३० मिटर तल खोल्सामा खसेको थियो ।
त्यहाँ च्यापिएर चालक तामाङको निधन भएको हो।
प्रकाशित मिति: १३:४१ बजे, शुक्रबार, मंसिर २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार