Kathmandu Press

मंसिर २३ गतेदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक सुरु हुने

यसअघि स्थानीय तह उपनिर्वाचन, २०८१ प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो। 
मंसिर २३ गतेदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक सुरु हुने

काठमाडौं, मंसिर २१ : निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको जनाएको छ।

मंसिर २३ गतेदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुचारु गर्ने निर्णय गरिएको आयोग जनाएको छ।

Hardik ivf

यसअघि स्थानीय तह उपनिर्वाचन, २०८१ प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो। 

कुनै व्यक्ति पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको भएपनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आयोगको वेबसाईटमा रहेको प्रि–रजिष्ट्रेशन प्रणाली मार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।

मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्नुका साथै नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्नको लागि नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र समेत आयोगको उल्लिखित प्रणालीमा प्रविष्ट गर्नुपर्ने जनाएको छ।

त्यसैगरी कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा कुनै त्रुटि रहेको भए सच्याउने, दोहोरो नाम भएको भए दोहोरो हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका मतदाता नामावली अद्यावधिक सम्बन्धी कार्य गर्नका लागि आयोगको उल्लिखित प्रणालीमा गई आवेदन गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्