Kathmandu Press

एनपिएलमा कर्णाली याक्सको पहिलो जित

लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा शुक्रबार टियू मैदानमा कर्णालीले चिवतन राइनोजलाई ६ विकेटले हरायो।
एनपिएलमा कर्णाली याक्सको पहिलो जित

काठमाडाैं, मंसिर २१ : जारी नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले पहिलो जित निकालेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा शुक्रबार टियू मैदानमा कर्णालीले चिवतन राइनोजलाई ६ विकेटले हरायो।

कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजसँग पराजित भएको थियो। यता, चिवतनको भने पहिलो हार हो। यसअघिका दुई खेलमा उसले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो।

१३१ रनको सामान्य लक्ष्य कर्णालीले १ बल बाँकी छँदा ४ विकेट गुमाउँदै भेट्टायो। उसका लागि शिखर धवन र चाटविक वाल्टनले महत्वपूर्ण इनिङ खेले। धवनले सर्वाधिक ४५ रन बनाए। उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

Hardik ivf

धवनले पहिलो विकेटका लागि देव खनालसँग ५३ रनको साझेदारी गर्दै कर्णालीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। यो जारी प्रतियोगिताको पहिलो विकेटका लागि भएको ठूलो साझेदारी हो। खनाल ३४ बलमा २५ रन बनाएर आउट भए।

त्यसपछि धवनले दोस्रो विकेटका लागि वाल्टनसँग ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। वाल्टनले १९ बलमा ३ छक्का मद्दतमा ३० रन बनाए भने जिशन मक्सुदले १२ र अर्जुन घर्तीले ११ रनको योगदान दिए। 

बलिङमा चितवनका कुशल मल्ल, जान निकाले लोफ्टी इटन र रवि बोपराले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको चिवनले ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो। उसका लागि रवि बोपरा र कुशल मल्लले मात्र राम्रो ब्याटिङ गरे। यी दुई तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।

बोपराले ४० बलमा ७ चौका र १ छक्का मद्दतमा ५९ रन बनाउँदा कुशलले २७ बलमा २ चौका र १ छक्का मद्दतमा २५ रन बनाए। विपिन रावलले ११ रन बनाउनु बाहेक अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा कर्णालीका युवा स्पिनर विपिन शर्माले ३ विकेट लिए भने जिशन मक्सुदले २ तथा सोमपाल कामी र नन्दन यादवले समन १ विकेट लिए।

प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्