Kathmandu Press

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो।
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

कास्की, मंसिर २१ : ३५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ। 

आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो।

Hardik ivf

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए। 

आयोजनाबाट उत्पादित  बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ। आयोजनामा पाँच अर्ब बढी लगानी भएको छ। 

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा त्यसलाई खसालेर विद्युत् उत्पादन गरिएको हो  आयोजना जलप्रवाहमा आधारित छ। 

प्रकाशित मिति: १२:२३ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्