६ सय रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ।
काठमाडौं, मंसिर २१ : साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ।
बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने आज बढेको छ। चाँदी आज प्रतितोला एक हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, मंसिर २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












