Kathmandu Press

काठमाडौं आइपुगे भुटानका राजा 

भारत भ्रमणमा रहेका वाङचुक ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी केहीबेर अघि काठमाडौं अवतरण गरेका हुन्। 
काठमाडौं आइपुगे भुटानका राजा 

काठमाडौं, मंसिर २१ : भुटानका राजा जिग्मे वाङचुक काठमाडौं आइपुगेको छन्। 

भारत भ्रमणमा रहेका वाङचुक ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी काठमाडौं अवतरण गरेका हुन्। उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गरेकी थिइन्।

Hardik ivf

उनी १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आएका हुन्। उनले बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्ने छन्। 

भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारीलगायत सदस्य रहेका छन्। 

उनी विमानस्थलबाट सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका छन्।

प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्