संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिमा प्राप्त उजुरी, र जलस्रोत विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची रहेको छ ।
काठमाडौं, मंसिर २१ : संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ ।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिमा प्राप्त उजुरी, र जलस्रोत विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ः३० बजे बस्दै छ । बैठकमा राष्ट्रिय निकुञ्जहरुको अवलोकन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ०८:३६ बजे, शुक्रबार, मंसिर २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार