Kathmandu Press

निगमलाई १५ दिनभित्र सुधारका कार्ययोजना पेश गर्न मन्त्री पाण्डेको निर्देशन

नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डे निगम अहिले कै अवस्थामा चलाउन नसकिने बतौउँदैं सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन्  ।
निगमलाई १५ दिनभित्र सुधारका कार्ययोजना पेश गर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौं, मंसिर २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डे निगम अहिले कै अवस्थामा चलाउन नसकिने बतौउँदैं सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन्  ।

निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडी बड्ने मन्त्री पाण्डेको भनाई थियो । 

नेपाल वायु सेवा निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्ध व्यक्त गर्दै निगमले हवाई सेवाबाट नाफा कमाउने तर्फ लाग्न समेत निर्देशन दिएका थिए ।

निगमलाई घाटा लगाउने चाइनिज जहाजको ब्यबस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको  भनाइ थियोे ।
 
प्रकाशित मिति: ०८:३० बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्