फरार प्रतिवादी १५ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन्।
काठमाडौं, मंसिर २० । कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन्।
२०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो।
निज गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले २०७२ साल भदौ ११ गते १२ वर्ष कैद ठहर गरेको थियो।
दोलखाको वैतेश्वर गाउँपालिका–१ बस्ने ४७ वर्षीया कमला कर्तव्यलगत्तै फरार भएकी प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








