कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउने माग गरिएको रिट दर्ता
मानव तस्करीमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयविरुद्ध विहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
काठमाडौं, मंसिर २० : मानव तस्करीमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयविरुद्ध विहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
सर्वोच्च प्रशासनले यसअघि रिट दर्ता नहुने भन्दै दरपिठ आदेश गरेको थियो।
दरपिठ आदेशलाई इजलासबाट बदर गरिदिएपछि रिट निवेदन दर्ता भएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गरेका हुन्।
रिटको सुनुवाइ मङ्सिर २३ गतेका लागि तोकिएको छ। रिटमा अधिकारीमाथि छानविन गरी अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्चसँग परमादेशको माग छ।
प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












