चीनमा ऋणसम्बन्धी कुनै कुरा भएन : प्रधानमन्त्री
‘ऋणसम्बन्धी कुनै कुरा चलेन, छलफल पनि भएन। बीआरआईबारे छलफल भयो। अहिले हामीले जे प्राप्त गरेका छौँं, त्यो ऋण होइन भन्ने कुरा धेरै पटक भनिएको छ । त्यो हुँदा पनि होइन,’ उनले भने, ‘सधैँ किन ऋणको सारंगी बजिरहेको छ। होइन र छैन भनेर पटकपटक भनेका छौं। ऋणसँग यो सरोकार राख्दैन।’
काठमाडौं, मंसिर २० : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका बेला बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीका बेला ऋणबारे कुनै कुरा नभएको स्पष्ट पारेका छन्।
विहीबार चीनबाट फर्किएपद्धि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले उक्तभनाई राखेका हुन्।
‘ऋणसम्बन्धी कुनै कुरा चलेन, छलफल पनि भएन। बीआरआईबारे छलफल भयो। अहिले हामीले जे प्राप्त गरेका छौँं, त्यो ऋण होइन भन्ने कुरा धेरै पटक भनिएको छ । त्यो हुँदा पनि होइन,’ उनले भने, ‘सधैँ किन ऋणको सारंगी बजिरहेको छ। होइन र छैन भनेर पटकपटक भनेका छौं। ऋणसँग यो सरोकार राख्दैन।’
उनले चीनमा ऋणसम्बन्धी छुट्टै कुनै कुरा नभएको बताए।
प्रकाशित मिति: १५:४८ बजे, बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार