Kathmandu Press

चीन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली 

चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी उनी स्वदेश फर्किएका हुन्। ओली गत मंसिर १७ गते बेइजिङ गएका थिए। 
चीन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली 
फाइल तस्बिर।

काठमाडौं, मंसिर २० : प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं अवतरण गरेका छन्।

चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी उनी स्वदेश फर्किएका हुन्। 

Hardik ivf

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ गएका थिए।

प्रधानमन्त्री सवार हिमालय एयरलाइन्सको हवाईजहाज विमानास्थलमा अवतरण गर्नुअघि अन्य सबै उडान–अवतरण बन्द गरिएको थियो। 

काठमाडौंमा अवतरण गरेसँगै चीन भ्रमणबारे जानकारी दिन विमानास्थलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। 

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । भेटका अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो। 

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्। दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: १५:०८ बजे, बिहीबार, मंसिर २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्