Kathmandu Press

इतिहासकार राणको निधन

णाको ९९ वर्षको उमेरमा निधन भएको हो। बिरामीका कारण राणालाई काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। 
इतिहासकार राणको निधन

काठमाडौं, मंसिर २० : इतिहासकार पुरुषोत्तम शमशेर राणाको बिहीबार निधन भएको छ।

राणाको ९९ वर्षको उमेरमा निधन भएको हो। बिरामीका कारण राणालाई काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा निधन भएको हो।

राणाको जन्म १९८२ साल चैत १५ गते हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा भएको थियो। 

राणाका प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक प्रकाशित छन्। उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन्।
 

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, मंसिर २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्