Kathmandu Press

उदयपुरमा आगलागी, पाँच लाखको क्षति

जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत पाँच लाख बराबरका सामान नष्ट भएको हो। 
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
Hardik ivf

उदयपुर, मंसिर २० : त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा पाँच लाख बराबरको धनमाल जलेको छ।
  
जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत पाँच लाख बराबरका सामान नष्ट भएको हो। 

घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो। आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका  थिए।

प्रकाशित मिति: ११:१८ बजे, बिहीबार, मंसिर २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्