माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
काठमाडौं, मंसिर २० : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बिहान साढे ८ बजे बस्दै छ ।
बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३ औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने उनको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: ०८:४१ बजे, बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार