Kathmandu Press

तारा एयरले सुरू गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान

तारा एयरले सुरू गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान सुरू भएको हो।
तारा एयरले सुरू गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान

मुगु, मंसिर १९ । तारा एयरले सुरू गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान सुरू भएको हो।

लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ।

सुर्खेतबाट कर्णालीका हुम्ला,मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो।

हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका सथानीय र विद्यार्थी हर्षित भएका छन्।

सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट,जुम्ला र रारा विमानस्थलमा उडान गर्ने  तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीले जानकारी दिएका छन्।

सुवेदीका अनुसार सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत –रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण  गरिएको छ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुर्खेतबाट व्यवसायिकरुपमा उडान सुरू गरिएको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले जानकारी दिएका छन्।

प्रकाशित मिति: १९:३० बजे, बुधबार, मंसिर १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्