त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिए।
काठमाडौं, मंसिर १९। त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औं वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ। समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ।
समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिए।
उनका अनुसार समारोहमा यसपटक १४ हजार ३०७ विद्यार्थी दीक्षित हुँदैछन्। सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ।
समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजाार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुँदैछन्। समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिने छ।
उनले प्रमुख अतिथिको टुङ्गो लाग्न बाँकी रहेको बताए।
प्रकाशित मिति: १८:५५ बजे, बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार